नियम ३९
सहकारी संस्थाको एकीकरण
: (१) ऐनको दफा ८७ बमोजिम दुई वा दुईभन्दा बढी संस्थाहरू एकीकरण गर्दा देहायका शर्त बन्देजहरू पूरा भएको हुनु पर्नेछ :-
(क) कार्यक्षेत्र एक अर्कासँग खप्टिएको वा जोडिएको हुनुपर्ने,
(ख) एकै विषय बा प्रकृतिका संस्था हुनुपर्ने वा फरक विषय बा प्रकृतिका भए तापनि मूलतः एकै विषयमा प्रतिस्पर्धा भएको हुनुपर्ने,
(ग) सदस्यको प्रत्यक्ष सहभागिता एवं लोकतान्त्रिक नियन्त्रण कायम रहनुपर्ने ।
(२) उपनियम (१) बमोजिम एकीकरण गर्दा साधारणतया मौजुदा संस्थाको कार्यक्षेत्रको आधारमा स्थानीय तहको वडा, स्थानीय तह, जिल्ला वा प्रदेशको क्षेत्रभित्र पर्ने गरी गर्नु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयको पूर्व-स्वीकृति बिना संवत् २०४९, साल जेठ २ गतेभन्दा अघि दर्ता भएका साझा (सहकारी) संस्थाहरूलाई अर्को संस्थामा एकीकरण गर्न हुँदैन ।
(४) महिलामात्र सदस्य रहने संस्था महिलामात्र सदस्य रहने संस्थामा एकीकरण गर्न, प्राथमिकता दिनु पर्नेछ ।
तर विशेष रूपमा पिछडिएका समुदायमा स्थापित संस्थाको साङ्गठनिक गतिशीलतामा असर पर्ने गरी एकीकरण गरिने छैन ।
(५) सङ्घहरूको एकीकरण गर्दा विषयगत कार्य मिल्ने गरी गर्नु पर्नेछ ।
तर उपनियम (७) बमोजिम एकीकरण हुने सङ्घहरूको हकमा यो उपनियम लागू हुने छैन ।
(६) - सहकारी बैङ्कहरूको एकीकरण गर्दा रजिष्टारले नेपाल. राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(७) यो नियमावली प्रारम्भ हुँदाका बखत कायम रहेका ऐनको दफा ४ र् दफा द बमोजिमको न्यूनतम सदस्य सङ्ख्या नपुगेको र जिल्ला समावेश नभएका जिल्ला वा केन्द्रीय विषयगत वा बहुउद्देश्यीय सहकारी सङ्घहरू वा नियम ११ को उपनियम (१) मा उल्लिखित विषयभित्र नपर्ने जिल्ला वा केन्द्रीय बिषयगत सहकारी सङ्घहरू दुई वर्षभित्र यस नियम बमोजिम सम्बन्धित सङ्घमा एकीकरण गर्नु पर्नेछ ।
(८) एकीकरणका अन्य शर्त, आधारः र प्रक्रिया मन्त्रालयबाट स्वीकृत कार्यविधिमा व्यवस्था भएबमोजिम हुनेछ ।